नेपाल फेशन आइडल २०१७ हुने

नेपाल फेशन आइडल २०१७ हुने

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं । विभिन्न इभेन्टहरु आयोजना गर्दै आएको रशलाईट मिडियाले सौन्दर्य प्रतियोगिता पनि गर्ने भएको छ । मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर ‘नेपाल फेशन आईडल २०१७’ हुने भएको छ ।

यस प्रतियोगिताको अहिले फर्म खुल्ला भएको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५.५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।
नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् ।

साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ । कार्यक्रमको इभेन्ट को –ओडिनेटर नविन श्रेष्ठ , इभेन्ट म्यानेजर सरोज श्रेष्ठ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी