म कुनै पहाडी नेता भन्दा कम राष्ट्रवादी छैन : गच्छादार

म कुनै पहाडी नेता भन्दा कम राष्ट्रवादी छैन : गच्छादार

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ २१ माघ ।  

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू मधेस विरोधी नभएको दाबी गर्नुभएको छ । यद्यपी गच्छादारले आफ्नो लागि मधेस भन्दा ठूलो देश भएको टिप्पणी गर्नुभयो । ।

सप्तरी सदरमुकाम राजविराजमा आज फोरम लोकतान्त्रिकले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उहााले आफू कुनै मधेस केन्द्रित नेताभन्दा कम मधेसवादी र कुनै पहाडी भन्दा कम राष्ट्रवादी नभएको दावी गर्नुभयो ।

गच्छदारले तीन ठूला दलको नेतृत्व असफल भइसकेको जिकिर गर्दै उनीहरुले सत्ता छाड्नुपर्ने जिकिर गर्नुभयो । परिमार्जनसहित संविधान संशोधन गर्न आफूले मध्यमार्गी भूमिका निर्वाह गरिहेको बताउँदै उहाले ८ प्रदेश बनाएर सीमांकन समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

२००७ सालको क्रान्तीदेखी हाल सम्म कांग्रेस, एमाले र माओवादीले देशको नेतृत्व गरेको बताउदै उहाँले तिन ठुला दलको नेतृत्व असफल भईसकेको टिप्पणी गर्नुभयो ।

मधेस आन्दोलनलाई पुर्नजीवन दिने काम आफैले गरेको दावी गर्दै गच्छादारले मधेसको मागलाई लिएर आफूले ४० दिनसम्म संसद अवरुद्ध गरेकाले आफूलाई मधेस विरोधी नठान्न आग्रह समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ