काठमाडौ २१ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको पर्यटन क्षेत्रमा क्रान्ती ल्याउने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ । मुलुकको पर्यटन क्षेत्रले चाडै नै फड्को मार्ने उहाँको दावी छ ।
नेपाल पर्यटन व्यावसायी संगठनको राजधानीमा आज आयोजित एकता भेलालाई सम्बोधन गर्दै उहाँले सडक, रेल र हवाई मार्गको विस्तार एवम् भौतिक पूर्वाधारको विकासले नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपालको पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण कार्य अघि बढिरहेको जानकारी गराउदै चीनसँगको केरुङ, हिल्सा, कोरला, किमाथांका लगायतका नाका खोल्ने विषयमा छलफल भइरहेको बताउनु भयो ।
केरुङदेखि काठमाडौंसम्म रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने गरी गृहकार्य थालिएको प्रधानमन्त्री दाहालले बताउनु भयो । यसअघि नै नेकपा माओवादीमा एकता भइसकेका वैद्य माओवादीका रामबहादुर थापा बादल समुहका पर्यटन व्यवसायी र माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुबीच आज एकता भएको हो ।