काठमाडौ २१ माघ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालाले स्थानीय निकाय निर्वाचनलाई अब कुनै शक्तिले रोक्न नसक्ने बताउनु भएको छ । मधेसी मोर्चालाई बाहिर राखेर भएपनि निर्वाचनमा जानुपर्ने कोइरालाको भनाई छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकतम सहमतिको आधारमा निर्वाचनमा जाने प्रयास भएपनि मोचाको माग अनुसार संविधान संशोधन गरेर मात्र निर्वाचनमा जाने अवस्था नरहेको बताउनु भयो ।
दोस्रो ठुलो दल एमाले संविधान संशोधनको विपक्षमा उभिएकाले अब संसोधन भन्दा पनि निर्वाचन तर्फ जानु उत्तम विकल्प हुने कोइरालाले बताउनु भयो ।
मधेसी मोर्चाले दोधारे चरित्र देखाएकाले पनि समस्याको गाँठो फुकाउन अप्ठ्यारो परेको कोइरालाको जिकरि छ । उहाँले माओवादी केन्द्र चुनावको पक्षमा गम्भिर नदेखिनाले सरकारको आयु लम्ब्याउने चाल हो की भन्ने आशका समेत व्यक्त गर्नुभयो ।