झापा ११ झापा गोल्डकपको फाइनलमा

झापा ११ झापा गोल्डकपको फाइनलमा

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमान्डौ ,माघ २१ ।

हिमालयन शेर्पा क्लबलाइ पराजित गर्दै झापा ११ दोश्रो रमपम झापा गोल्डकपको फाइनलमा पुगेको छ ।

विर्तामोडको डोमालाल रंगशालामा भएको खेलमा आयोजक झापाले आज हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

झापाका लागि कर्ण लिम्बुले दुई साथै बुद्ध चेमजोङ र खमिर गिल्सन कन्दङवाले एक एक गोल गरे ।

दोस्रो सेमिफाईनलमा भोली मनाङ र विभागीय टोली नेपाल आर्मीबीच खेल हुनेछ ।

फाईनलमा अब झापा ११ ले भोलीको विजेता टिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता आगामी माघ २४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी