पोखरा, २१ माघ ।
सिर्जना आमन्त्रण अन्तर्रा्ष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि पोखरामा हुने भएके छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, न्यु डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस क्लब र भारतको उत्तर प्रदेश भलिबल सङ्घको सहभागिता रहनेछ ।
न्यू डायमन्ड एकेडेमीको महिला र हेल्प नेपाल स्पोर्टस् क्लबको पुरुष मात्र टिम रहने छ, भने अन्य सबैको पुरुष तथा महिला दुबै टिम रहने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जनाएका छन् ।
प्रतियोगिताको पुरुष तथा महिला दुबै टिमको विजेताले एक लाख ५५ हजार ५ सय ५५ रुपैया पाउदा दोस्रो र तेस्रो हुने टिमले क्रमशः ७७ हजार ७ सय ७७ र ३३ हजार ३ सय ३३, मेडल, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कारको लागि रु १० हजार, वेष्ट स्पिकर, ब्लोकर, सेटर, डिफेन्स र सर्भरलाई पनि पाँच÷ पाँच हजार नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिता सञ्चालन गर्दा रु ३५ लाख आम्दानी र २८ लाख खर्च हुने र बचत भएको रकम पोखरा रङ्गशालाको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ । प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ ।