काठमाडौ २१ माघ ।
नेकपा (माओवादी)का स्थाई समिति सदस्य सन्तोष बुढाले वर्तमान सरकार बिदेशीको कठपुतलि भएकोले नै राष्ट्रीयताको पक्षधरहरुमाथि धरपकट गरेको बताउनु भयो ।
आज राजधानीमा आयोजित बिरोध प्रदर्शनमा बोल्दै बुढाले अहिलेको राजनितिक पार्टीभित्रै देश टुक्राउने तत्वहरु रहेकाले सोहि अनुरुप अघि बढीरहेको भन्दै त्यसलाई कदापि सफल हुन नदिने बताउनु भयो ।
अब माओवादी भुमिगत नहुने स्पष्ठ पादै उहाँले गाउ , सहर मात्रै नभएर राजधानी नै माओवादीको भएको भन्दै राष्ट्रियता ,जनजिविका र जनतन्त्रका लागी अब माओवादी कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, अबको आन्दोलन काठमाण्डौमा हुन्छ , यहाबाट जनताको अधिकारका लागी जस्तो सुकै षघर्ष माओवादी गर्न तयार छ , सोहि योजनाका साथ माओवादी अघि बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline