पार्टीको गतिविधिमाथि अनावश्यक निगरानी बढाएको भन्दै विप्लव माओवादीद्धारा विरोध 

पार्टीको गतिविधिमाथि अनावश्यक निगरानी बढाएको भन्दै विप्लव माओवादीद्धारा विरोध 

आज शान्तिवाटिकामा विरोध प्रदर्शन गर्ने तयारी

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २१ माघ । 

सरकारले अनावश्यक रुपमा माओवादी पार्टीमाथि निगरानी बढाउने तयारी थालेको भन्दै नेत्रविक्रमचन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा विरोध प्रर्शन गर्ने भएको छ ।

शान्तिपूर्ण कार्यक्रममा समेत प्रतिबन्ध लगाउने गरी सरकारले अनावश्यक हस्ताक्षेप गर्न खोजेको भन्दै त्यसको विरोधमा आज अपरान्न ३ बजेपछि राजधानीको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने तयारी भएको माओवादी जनवर्गीय संगठन ब्युरो इनचार्ज मोहन कार्की जिवन्तले जानकारी दिनुभयो ।

नेपाल प्रहरीले माओवादी कार्यकर्ताको गतिविधिमाथि निगरानी राख्न यसअघि नै देशभर सर्कुलर जारी गरिसकेको अवस्थामा हिजो सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकमा समेत माओवादी गतिविधिमाथि निगरानी बढाउने बारेमा छलफल भएको जनाइएको छ ।

राजधानीको शान्तिबाटिकाबाट सुरु हुने विरोध प्रदर्शन पुरानो बसपार्क, भद्रकाली, शहिदगेट, सुन्धारा, न्युरोड हुदै पुनः शान्तिबाटिकामा नै पुगेर सभामा परिणत हुनेछ । सभालाई नेकपा माओवादीका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ