निर्वाचनको तयारी थाल्न सरकारले आज आयोगलाई औपचारिक पत्र पठाउदै

निर्वाचनको तयारी थाल्न सरकारले आज आयोगलाई औपचारिक पत्र पठाउदै

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, माघ २१।
स्थानीय तह निर्वाचनको तयारी गर्न सरकारले आज निर्वाचन आयोगलाई औपचारिक पत्र पठाउँदैछ । हिजोको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सरकारले आज आयोगलाई औपचारिक पत्राचार गर्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद बैठकले आगामी वैशाख अन्तिम हप्तादेखि जेठ १० गतेभित्र स्थानीय चुनाव सक्ने गरी तयारी थान निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो ।

निर्वाचनका लागि आवश्यक विधेयक संसदबाट पारित भएपछि निर्वाचनको मिति तय गर्ने बाटो खुला भए पनि वर्षाअघि चुनावको सम्भावना भने कम देखिएको छ ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाई भए सँगै निर्वाचन समय मै हुनेमा आशंका बढेको हो ।

नयाँ संविधानानुसार स्थानीय तह वा पुरानो संरचनाको स्थानीय निकायको चुनाव भन्नेबारे भने स्पष्ट भइसकेको छैन । यस्तै स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव लिन गठित कार्यदलले आज देखि काम थाल्दैछ ।

आयोगलाई सरकारले दिएको मापदण्ड र उसको प्रतिवेदनमाथि प्राप्त गुनासाका सम्बन्धमा अध्ययन गरी दुई हप्ताभित्र सुझाव दिन हिजोमन्त्रिपरिषद वैठकले कार्यदल गठन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ