राप्रपाले आज देखि क्षेत्रीय अधिवेशन सुरु गर्दै

राप्रपाले आज देखि क्षेत्रीय अधिवेशन सुरु गर्दै

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, माघ २१।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुलुकभरको २ सय ४० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै छ ।

२१ सदस्यीय क्षेत्रीय समितिमा एक क्षेत्रीय अध्यक्ष र १३ जना सदस्यका लागि निर्वाचन हुने राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बाँकी ७ जना सदस्य भने क्षेत्रीय अध्यक्षले मनोननय गर्ने ब्यवस्था रहेको छ ।

राप्रपा नेपाल र राप्रपाको एकता पछि पहिलो महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म राजधानीमा हुदैछ । महाधिवेशनका लागि राप्रपाले वडा गाउँ हुँदै क्षेत्रीय अधिवेशन गर्न लागेको जनाएको छ ।

यसैबिच महाधिवेशनमा राप्रपाका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ । थापाले राजनीतिक र लोहनीले आर्थिक कार्यपत्र पेश गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ