संसदको विकास समितिको बैठक बस्दै

संसदको विकास समितिको बैठक बस्दै

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २१ माघ । 

व्यवस्थापिका संसदको विकास समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा बिहान १० बजेपछि बस्ने बैठकमा मेलम्ची खानेपानीको पाइपलाइन तथा पानी वितरण विस्तार आयोजनाका क्रममा खनीएका उपत्यका सडक मर्मतका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

बैठकमा छलफलका लागि सरोकारवाला निकायका पदाधिकारीहरुलाई बोलाइएको छ । पाइपलाइन विस्तारका क्रममा खनिएका सडकलाई पुरानै अवस्थामा ल्याउन कम्तीमा पनि एक वर्ष लाग्ने सम्बन्धीत सरकोकारवाला पक्षको भनाई छ ।

पाइपलाइन विस्तारसँगै उपत्यकाका अधिकांश स्थानमा खनिएका सडकमा उड्ने धुलो र खाल्डोले सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको भन्दै समितिले चासो देखाएको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव, खानेपानी विभागका महानिर्देशक, मेलम्ची खानेपानी आयोजना तथा सडक विभागका पदाधिकारीहरुलाई बोलाइएको छ ।

यस्तै काठमाडौ उपत्यका विकास प्राधिकरण तथा काठमाडौ महानगरपालिका सम्बद्ध पदाधिकारीलाई पनि छलफलका लागि बोलाइएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ