आज देखि सांस्कृतिक सङ्घको दोस्रो केन्द्रीय महाधिवेशन राजधानीमा हुदै

आज देखि सांस्कृतिक सङ्घको दोस्रो केन्द्रीय महाधिवेशन राजधानीमा हुदै

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, माघ २१ गते ।
नेपाल सांस्कृतिक सङ्घको दोस्रो केन्द्रीय महाधिवेशन आज देखि राजधानीमा सुरु हुदै छ । महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको बताइएको छ ।

‘समृद्धिका लागि हाम्रो अभियान, सम्मान, सुरक्षा र पहिचान’ भन्ने नाराका साथ सुरु हुन लागेको महाधिवेशनमा ७५ वटै जिल्लाबाट पहिलोपटक प्रतिनिधि सहभागी हुन बताइएको छ ।

महाधिवेशनको उद्घाटन कार्यक्रमलाई कंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेको सङ्घको महाधिवेशनमा करिब एक हजार जना प्रतिनिधिको सहभागिता हुने सङ्घका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले जानकारी दिनु भयो ।

महाधिवेशनले ४ वर्षका लागि सभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष सहित ५० जनाको केन्द्रीय कार्यसमिति निर्वा्चित गर्ने छ ।

संविधानको कार्यान्वयन, आगामी निर्वाचन, लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास, राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका निर्वाह गर्ने सांस्कृतिकर्मीको हक, हित र संरक्षणका लागि महाधिवेशनले ठोस निर्णय गर्ने सङ्घका अध्यक्ष थापाल बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ