देश विखण्डनको अभिव्यक्ति दिदै आएका सिके राउत पक्राउ

देश विखण्डनको अभिव्यक्ति दिदै आएका सिके राउत पक्राउ

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

जनकपुर, २० माघ । प्रहरीले डा सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी सिरहा पु¥याएको छ ।

उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यही माघ ५ गते लहानको सहिद चोकमा आयोजित कार्यक्रममा उनले गरेको भाषण राज्यविरुद्ध रहेको आशङ्का गरी अनुसन्धानका लागि पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

धनुषाका एक प्रहरी अधिकारीका अनुसार उनलाई सिरहा जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरी सिरहा प्रहरीलाई बुझाइएको हो ।

डा राउत बस्ने घरको ताला फोडी प्रहरीले खानतलासी समेत गरेको छ । उनलाई राज्य विप्लव मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको बताइएको छ । दर्जनौँ प्रहरीले उनका साना नानीहरु र परिवारलाई त्रसित पार्दै दुव्र्यवहार गरेको प्रतिक्रिया अभियुक्त डा राउतका सहयोगी कैलाश महतोले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ