काठमाडौ २० माघ ।
झापाको विर्तामोडमा जारी दोस्रो झापा गोल्डकप प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा न्युरोड टीम एनआरटीलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा आज दिउँसो भएको खेलमा मनाङले एनआरटीलाई ४–० गोल अन्तरले पराजित गर्यो । मनाङको जितमा निराजन मल्लले २ तथा सुशील लामा र विदेशी खेलाडी ओलावालेले १–१ गोल गरे ।
यो सँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघिका झापा–११, त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको सेमिफाइनल खेल भोलीबाट सुरु हुनेछ । पहिलो सेमिफाइनलमा भोली आयोजक झापा–११ र हिमालयन शेर्पा क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline