स्ववियु निर्वाचनमा लाग्न नेवि संघलाई माउ पार्टीको निर्देशन

स्ववियु निर्वाचनमा लाग्न नेवि संघलाई माउ पार्टीको निर्देशन

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २० माघ ।
नेपाली कांग्रेसले स्ववियु निर्वाचनको तयारीमा लाग्न भातृ संगठन नेपाल विद्यार्थी संघलाई निर्देशन दिएको छ । घोषित स्ववियु निर्वाचनमा २८ वर्षीय उमेर हदका विषयलाई लिएर दिववाद उठिरहेका बेला नेविसंघलाई निर्वाचनमा सशक्त ढङ्गले अघि बढ्न पार्टी नेतृत्वले आग्रह गरेको हो ।

नेपाली काँग्रेसका शीर्ष नेताले आज नेविसंघका नेतालाई बोलाएर छलफल गरी यस्तो निर्देशन दिएको हो । पार्टी संसदीय दलमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले २८ वर्ष कटिसकेकालाई पार्टीले थप जिम्मेवारी दिने भन्दै हाललाई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

बैठकमा उमेर हद हटाउने या राख्नेबारे छलफल फरक फरक धारणा आएकाले भोली शीर्ष नेतृत्वले टुङ्गो लगाउने निर्णय भएको जनाएको छ । बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला लगायतको सहभागिता थियो ।

नेविसंघले एक पटक उमेर हद हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने माग सहित एक सातादेखि विरोधका कार्यक्रम गर्दै आएको छ । त्रिविले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ