निर्वाचनसँग सम्बन्धित ४ वटै बिधेयक संसदबाट पारित

निर्वाचनसँग सम्बन्धित ४ वटै बिधेयक संसदबाट पारित

सरकारलाइ स्थानीय तह निर्वाचन गर्ने बाटो खुला

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ २० माघ ।
ब्यवस्थापिका संसदको आजको बैठकबाट निर्वाचन सम्बन्धी थप एउटा विधेयक पारित भएको छ । यो संगै निर्वाचनसंग सम्बन्धित ४ वटै बिधेयक संसदबाट पारित भएका छन ।

राज्यब्यवस्था समितिले हिजोको बैठकमा पेश गरेको निर्वाचन सम्बन्धी विधेयक आज सामन्य छलफल पछि बहुमतले पारित गरेको हो । विधेयक पािरत भएसँगै सरकारलाइ स्थानीय तह निर्वाचन गर्ने बाटो खुलेको छ ।

निर्वाचन सम्बन्धी मस्यौदा भएका मध्ये थप एक बिधेयक समितिमा छलफलको क्रममा छ । राजनीतिक दलसम्बन्धी विधेयकबारे भने सहमति जुट्न बाँकी छ ।

राज्यब्यवस्था समितिमा छलफल भएपनि थ्रेसहोल्ड राख्ने कि नराख्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि उक्त विधेयक अघि बढ्न सकेको छैन ।

निर्वाचन कसुर तथा सजाय, मतदाता नामावली र निर्वाचन आयोगको काम, कर्तब्य तथा अधिकार सम्बन्धी विधेयक भने संसदले यसअघि नै पारित गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ