निर्वाचनको तयारी थाल्न आयोगलाई पत्रचार गर्ने मन्त्री परिषदको निर्णय

निर्वाचनको तयारी थाल्न आयोगलाई पत्रचार गर्ने मन्त्री परिषदको निर्णय

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ २० माघ ।  

सरकाले स्थानीय निकाय निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई पत्रचार गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगले निर्वाचनका लागि सरकारले लिखित रुपमै पत्र पठाए सजिलो हुने बताएपछि सरकारले आज त्यस सम्बन्धी औपचारिक निर्णय गरेको हो ।

त्यस्तै बैठकले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा धेरै गुनासो आएको तथा बढी गुनासो आएका प्रदेशको हकमा दुई साताभित्र गुनासो सम्बोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।

दुई प्रदेशको गुनासो मध्यनजर गरेर आवश्यक सिफारिस गर्न स्थानीय विकास मन्त्री हितराज पाण्डे, उद्योगमन्त्री नविन्द्रराज जोशी तथा आपूर्तिमन्त्री दिपक बोहरा सम्मिलित समिति पनि गठन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ