संसदबाट आज निर्वाचन सम्बन्धी थप विधेयक पारित हुने

संसदबाट आज निर्वाचन सम्बन्धी थप विधेयक पारित हुने

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २० माघ । 

व्यस्थापिका संसदबाट आज निर्वाचन सम्बन्धी थप विधेयक पारित गर्दैछ । राज्य व्यवस्था परामर्श समितिले प्रतिवेदन सहित हिजो सदनमा पेश गरेको विधेयक आज छलफलपछि पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

समिति सभापति दिलबहादुर घर्तीले विधेयकमाथिको दफाबार छलफलका क्रममा प्राप्त सुझाव र सहमतिलाई समेटेर प्रतिवेदन हिजोको बैठकमा पेश गर्नुभएको थियो । दिउँसो १ बजेपछि बस्ने बैठकले विधेयकमाथि सामन्य छलफलपछि पारित गर्ने कार्यसुची छ ।

यो सँगै संसदले निर्वाचन सम्बन्धी चार वटा विधेयककलाई अन्तिम टुङ्गो लगाउनेछ । राजनितिक दल सम्बन्धी विधेयक भने राज्य व्यवस्था समितिमै छलफलका क्रममा रहेको छ ।

समितिको आज बस्ने बैठकले उक्त विधेयकमा रहेको थ्रेसहोल्ड सम्बन्धी विवादमा सहमति जुटाई टुङ्गोमा पुरयाउने प्रयास गरिने समिति सचिवालयले जनाएको छ । यद्यपी बैठकको समय भने निर्धारण गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ