प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी, म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी, म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी,माघ २० ।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ भने म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।

वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी ४–० ले विजयी भएको हो । म्यानचेस्टर सिटीलाई विजयी गराउन केभिन डे ब्रायन, डेभिड सिल्भा, ग्याब्रिएल जिसस र याया टुरेले एक–एक गोल गरेका हुन् ।

यस्तै गएराती नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले भने हल सिटीसँग गोलरहित बराबरी खेलेको छ । यसैगरी स्टोक सिटीले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ ।

रातिका खेलपछि प्रिमियर लिग फुटबलमा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । समान खेलबाट ४७÷४७ अंक जोडेका टोटनह्याम हट्सपर र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

चौथो स्थानको लिभरपुलको भने ४६ अंक छ । समान ४६ अंकको साथ म्यानचेस्टर सिटी पाँचौ स्थानमा रहँदा छैठौं स्थानको म्यानचेस्टर युनाईटेडको ४२ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी