काठमान्डौ माघ २०।
झापाको विर्तामोडमा जारी दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगितामा आज न्यूरोड टीम एनआरटी क्लबले मनाङ मस्र्याङदी क्लबको सामना गर्दै छ ।
प्रतियोगितामा जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल डोमालाल राजवंशी रंगशालामा दिउसो हुनेछ ।
यस अघि हिजो भएको खेलमा आयोजक झापा ११ ले सुदुरपश्चिम फुटबल क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । झापा ११ का लागि मार्टिनले ह्याट्रिक गरे भने बुद्ध चेमजोङले एक गोल गरे ।
प्रतियोगितामा सुदूरपश्चिम, रुपन्देही ११, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी र हिमालयन शेर्पा गरि १० टिमले सहभागीता जनाएका छन् ।
मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता आगामी माघ २४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।