एमालेद्धारा माघ २४ र २५ गते पोलिटब्युरो बैठक आह्वान

एमालेद्धारा माघ २४ र २५ गते पोलिटब्युरो बैठक आह्वान

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमान्डौ माघ १९ ।
नेकपा एमालेले राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमका बिषयमा छलफल गर्न आगामी माघ २४ र २५ गते पोलिटब्युरो बैठक बोलाएको छ ।

सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको दावी गर्दै आएको एमालेले संशोधनको थप छलफलका लागि दुई दिने पोलिटब्युरो बैठक बोलाएको हो ।

आजै मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्न लागेको एमालेले अभियानका थप कार्यक्रम पनि सार्वजनीक गर्दैछ ।

अभियानमा सिङ्गो पार्टी परिचालन गर्ने बिषयमा समेत बैठकमा छलफल गर्ने बताएको छ ।
यसै गरी आगामी फागुन २१ गते झापामा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने अभियान राजमार्ग केन्द्रित हुदै आगामी चैत ५ गते कन्चनपुरमा पुगेर समापन हुने एमालेले जनाएको छ ।

सातै प्रदेशलाई केन्द्रित गरेर अभियानमा सिङ्गो पार्टी परिचालन गर्ने योजना एमालेको रहेको छ । तराई मधेशमा आफ्नो उपस्थिती बलियो देखाउने रणनीति स्वरुप सुरु गर्न लागिएको अभियानलाई पार्टीका शीर्ष तहका नेताले सम्बोधन कार्यक्रम तय गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ