काठमान्डौ माघ १९ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पत्रकार सम्मेलन गरी अभियानका थप कार्यक्रम सार्वजनीक गर्दैछ ।
सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै स ंसद सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको दावी गर्दै मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्न लागेको एमालेले पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गरी अभियानका थप कार्यक्रम सार्वजनिक गर्न लागेको बताइएको छ ।
यस्तै एमालेले राष्ट्रिय राजनीतिको विकसित घटनाक्रममा बिषयमा छलफल गर्न आगामी माघ २४ र २५ गते पोलिटब्युरो बैठक बोलाएको छ । संविधान संशोधनको थप छलफलका लागि एमालेले दुई दिने पोलिटब्युरो बैठक बोलाएको हो ।
राजमार्ग केन्द्रित शक्ति प्रदर्शनका लागि मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्न लागेको एमालेले अभियानमा सिङ्गो पार्टी परिचालन गर्ने बिषयमा समेत बैठकमा छलफल गर्ने बताएको छ ।
यसै गरी आगामी फागुन २१ गते झापामा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने अभियान राजमार्ग केन्द्रित हुदै आगामी चैत ५ गते कन्चनपुरमा पुगेर समापन हुने एमालेले जनाएको छ ।
सातै प्रदेशलाई केन्द्रित गरेर अभियानमा सिङ्गो पार्टी परिचालन गर्ने योजना एमालेको रहेको छ । तराई मधेशमा आफ्नो उपस्थिती बलियो देखाउने रणनीति स्वरुप सुरु गर्न लागिएको अभियानलाई पार्टीका शीर्ष तहका नेताले सम्बोधन कार्यक्रम तय गरिएको छ ।