दृष्टिविहीन विश्वकपमा आज नेपाल र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दै

दृष्टिविहीन विश्वकपमा आज नेपाल र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दै

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, माघ १९ ।
दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दै छ ।

भारतको नयाँदिल्लीमा जारी प्रतियोगिता नेपाली टोली आज पहिलो जितको खोजीमा मैदान उत्रने छ । यस अघि हिजो भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । जवाफमा १ सय ४४ रनको लक्ष्य अस्ट्रेलियाले १३ औं ओभरमा विना कुनै विकेटको क्षतिमा पार गरेको हो ।

प्रतियोगितामा नेपाल र अष्ट्रेलिया बाहेक भारत, पाकिस्तान, श्रीलंका, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र बंगलादेशले सहभागीता जनाएका छन् ।

सबै ९ टोलीले राउण्ड रबिन लिगको आधारमा एक अर्कासँग प्रतिस्पर्धा गरे पछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता आगामी फेब्रुअरी १२ तारिख सम्म सञ्चालन हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी