झापा गोल्डकपमा आज आयोजक झापा ११ ले सुदुरपश्चिम क्लबको सामना गर्दै

झापा गोल्डकपमा आज आयोजक झापा ११ ले सुदुरपश्चिम क्लबको सामना गर्दै

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमान्डौ माघ १९।
झापाको विर्तामोडमा जारी दोस्रो झापा गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक झापा ११ ले सुदुरपश्चिम फुटबल क्लब को सामना गर्दै छ ।

प्रतियोगितामा जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल डोमालाल राजवंशी रंगशालामा दिउसो हुनेछ ।

यस अघि हिजो भएको खेलमा विभागीय टोली नेपाल आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल आर्मीले रुपन्देही ११ लाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ र भरत खवासले एक एक गोल गरेका हुन् ।

प्रतियोगितामा सुदूरपश्चिम, रुपन्देही ११, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी र हिमालयन शेर्पा गरि १० टिमले सहभागीता जनाएका छन् ।

मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता आगामी माघ २४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी