वेनिशाले भेटिन् माया गर्ने मान्छे (भिडियो)

वेनिशाले भेटिन् माया गर्ने मान्छे (भिडियो)

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

गायक रोशन श्रेष्ठको आवाजमा रहेको “तिमी नै तिमी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ । पोखरा र चितवनका ठाउँहरुका खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् ।
प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेष्ट्री लोभलाग्दो देखिन्छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने निशान घिमिरेले काटेका हुन ।
यसअघि यो मन रम्दैछ, कहाँ समय र सोचि हेर लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक रोशन श्रेष्ठले प्रेम महिना पारेर “तिमी नै तिमी” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको बताए । प्राय सधै रोमान्टिक गीतहरु दर्शक, स्रोतामाझ ल्याउने गायक श्रेष्ठले यो पटक पनि भ्यालेनटाइन महिनालाई लक्षित गर्दै प्रेमको स्वाद मिसिएको “तिमी नै तिमी” गीत सार्वजनिक गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी