काठमाडौ १८ माघ ।
रुपन्देही ११ लाई पराजित गर्दै आर्मी झापामा जारी दोस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बितामोडस्थित डोमालाल रंगशालामा आज दिउँसो भएको खेलमा विभागिय टोली आर्मीले रुपन्देहीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा आर्मीलाई गोलरहित बराबरीमा रोक्न सफल रुपन्देहीले दोस्रो हाफमा भने लय गुमायो । ६० औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै सुरुवती अग्रता दिलाए । त्यसको ११ मिनेटपछि भरत खवासले गोल गर्दै टीमलाई २–० को स्थितिमा र्पुयाए ।
आर्मीले अब फाइनल प्रवेशका लागि न्यूरोड टीम र लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दीबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत भोली सुदूरपश्चिम र रमपम झापा ११ भिड्नेछन् ।
झापा भारतको शेर ए क्लवलाई ५–० ले पराजित गर्दै क्वार्टरफाइनल पुगेको हो भने सुदूरपश्चिमले सिधै अन्तिम ८ मा स्थान बनाएको हो ।