संविधान संशोधन पारित नभए सरकारसँग सम्बन्ध बिच्छेद हुन्छ : महत्तो

संविधान संशोधन पारित नभए सरकारसँग सम्बन्ध बिच्छेद हुन्छ : महत्तो

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १८ माघ । 

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अध्यक्ष राजेन्द्र महतोले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित नभइकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्ध बिच्छेद गर्ने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले सरकार गठनका बेला मोर्चासँग भएको सहमति कार्यन्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताउनु भयो ।

विभेदकारी संविधान संशोधन नभईकन स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरे आफूहरुलाई स्वीकार्य नहुने महत्तोको भनाई छ । महतोले जनताका मागहरु पूरा नगरीकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने धारणा राख्नुभयो ।

संविधान संशोधन मार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेईमानी गरिरहेको आरोप लगाउँदै महतोले त्यसैको तयारी स्वरुम अहिले एमालेमुक्त मधेश बनाउने कुरा भैरहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ