बेलायती राजदूत मरिसद्धारा गृहमन्त्री निधिसँग भेटवार्ता

बेलायती राजदूत मरिसद्धारा गृहमन्त्री निधिसँग भेटवार्ता

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौ १८ माघ । 
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसबीच आज भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज दिउँसो भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

भेटमा गृहमन्त्री निधिले नेपाल र बेलायतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध प्राचीनकालदेखि नै रहिआएको भन्दै लामो समयदेखि बेलायतले नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा राजदूत रिचर्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता थप बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी