माओवादी केन्द्रको हेडक्वाटर बैठक बस्दै

माओवादी केन्द्रको हेडक्वाटर बैठक बस्दै

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १८ माघ । 

स्थानीय निकायको निर्वाचन तथा समसामयिक विषयमा छलफल गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ ।

प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष दाहालले निर्वाचनमा जाने नजाने विषयमा मोर्चासँग स्पष्ट धारणा मागेपछि माओवादी केन्द्रले सो विषयमा थप छलफल गर्न लागेको हो ।

लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा अपरान्न ३ बजेपछि बस्ने बैठकले प्रमुख दलसँग भएको वार्ताको समिक्षा गर्दै भावी रणनिति तय गर्ने पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो ।

निर्वाचनको मिति घोषणा गर्न दलीय सहमति जुट्न नसकिरहेका बेला आगामी बस्न लागेको माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठकले राजनितिक निकासका लागि थप रणनिति तय गगर्ने जनाएको छ ।

गत शनिबार बसेको मोर्चाको बैठकले एक साता भित्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । मोर्चाले आफूहरुको माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आन्दोलनमा जाने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ