संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक बस्दै

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक बस्दै

राजदुत नियुक्तिमा भइरहेको ढिलाईबारे छफल हुने

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १८ माघ । 

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा विभिन्न मुलुकमा रिक्त रहेका राजदुत नियुक्तिमा भइरहेको ढिलाइबारे छलफल हुने जनाएको छ ।

राजनितिक भागभण्डा मिल्न नसक्दा १३ मुलुकमा लामो समयदेखि रिक्त रहेका राजदुत नियुक्ति हुन सकेको छैन । बैठकमा परराष्ट्रमन्त्री प्रकाशशरण महत तथा मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाइएको समिति सभापति प्रभु शाहले जानकारी दिनुभयो ।

लामो समयदेखि राजदुत नियुक्ति हुन नसक्दा नेपालको कुटनितिक क्षेत्र प्रभावित भएको भन्दै आलोचना भइरहेका बेला समितिको बैठक बस्न लागेको हो । बैठकमा राजदुतसहित कुटनितिक नियोगमा नियुक्ति प्रक्रियामा ढिलाइ हुनुको कारणसहित परराष्ट्र मन्त्रालयलाई उपस्थित हुन भनिएको छ ।

नेपालले विभिन्न २९ मुलुकमा आवासीय दुतावास स्थापना गरेको छ । जसमध्ये १३ नियोगमा राजदुतबिहिन छ । अघिल्लो सरकारले २१ देशमा राजदुत सिफारिस गरिएकामा १४ देशका राजदुत सिफारिस वर्तमान सरकारले फिर्ता लिएपछि रिक्त राजदुत नियुक्ति प्रक्रिया अन्योलमा परेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ