जब गोड्सेले महात्मगान्धीमाथि तेस्रो गोली हाने

जब गोड्सेले महात्मगान्धीमाथि तेस्रो गोली हाने

  • मङ्लबार, माघ १८, २०७३
  • के.डी. मदन 

  • 9.6K
    SHARES

३० जनवरी १९४८ को दिन दिल्लीमा बिहान घाम झुल्कि सकेको थिएन । कुहिरो र जाडोका कारण दिल्लीवालाहरु जागि सकेका थिएनन् । म हरेक दिन जस्तै आकाशवाणी भवनबाट अल बुकर्क रोड ( अहिलेको तीन जनवरी मार्ग ) स्थित बिडला हाउस ( हालको गान्धी स्मृति भवन ) को लागि निस्किए ।
समय हुनु पर्छ दिनको साढे ३ बजे । म महात्मागान्धीको प्रार्थनाको रेकर्डिङको लागि जाने गर्दथे । सभा साझँ ५ बजेदेखि ६ बजे सम्म चल्ने गर्दथ्यो । यसमा सर्वधम प्रार्थना हुने गर्दथ्यो । सभाको अन्तिम समयमा गान्धी सामयिक विषयमा टिप्पणी गर्ने गर्दथे । सभामा आउनेहरु बीच बीचमा उनलाई प्रश्नहरु गर्दथे । बिडला हाउसमा प्रार्थनाको सिलसिला सेप्टेम्बर १९४७ बाट शुरु भएको थियो ।


म प्रार्थना सभा रेकर्डिङ गरे पछि गाडीमा पठाउथे , जसलाई त्यसै दिन राति साढे ८ बजे प्रशारण गरिन्थ्यो । म त्यस दिन पनि समयमै पुगेको थिए । त्याहा प्रार्थना सभामा आउन मानिसहरु थालिसकेका थिए । मैले रेकर्डर गान्धीको मञ्चमा राख्ने गर्दथे । दिनै जसो सबै भन्दा पहिले आउनेमा नन्दलाल मेहेता थिए । उनी गुजरातका थिए । कर्नाट प्यालेसमा रहन्थे ।
साढे ४ बजे सम्म प्रार्थना स्थल खचाखच भरिएको थियो । आगन्तुकहरुमा देशी विदेशी , अन्य राज्य बाट त कोही अन्तवार्ताका लागि त कोही मार्गदर्शनको लागि त कोही दर्शन गर्न मात्र आउदथे ।
गान्धीजी लाई आभास
मैले यस बीच सरदार पटेललाई पनि बिडला हाउस भित्र जादै गरेको देखे । उनी बापुसगँ भेट्न आएका थिए । सधै दिनको तरीका जस्तै जब गान्धी प्रार्थना सभातिर आईरहेका थिए त उनलाई काठियाबाड बाट आएका दुई व्यक्तिले रोकेर भेट्ने समय मागेका थिए । भनिन्छ , त्यस बेला गान्धीले “ यदी जिउदो रहे भने प्रार्थना पछि भेटौला ” भन्ने जवाफ दिएका थिए । यो कुरा मलाई प्रार्थनामा आएका केही व्यक्तिले बताएका थिए ।


मलाई त्यस अन्धकारपूर्ण दिनमा दुई या तीन पटक गान्धीले आफ्नो मृत्युको कुरा गरेका थिए । मलाई त्यो दृष्य राम्रोसगँ थाहा छ जब नाथुराम गोडसे ले गान्धीमाथि गोली चलाएका थिए । जब बिडला हाउसभित्र गान्धी प्रार्थना सभामा सहभागी हुन निस्किए त्यति बेला मेरो घडीमा ५ बजेर १६ मिनट गएको थियो ।
गोडसेको गोली
यद्यपि यो भनिन्छ कि उनीमाथि ५ बजेर १७ मिनेटमा गोली चल्यो । प्राय जसो उनी प्रार्थनाका लागि ५ बजेर १० मिनेट तिर आउने गर्दथे । तर त्यस दिन केही ढिलो भएको थियो ।
उनको उमेर र श्वास्थ्यका कारणले जहिले पनि उनको काध र हात मनु र आभाको काधमा रहन्थ्यो । त्यस दिन पनि उनीहरुकै काधमा गान्धीको हात थियो । त्यसै बेला पहिलो गोलीको आवाज आयो । मलाई लाग्यो कि १० दिन पहिला पटका पड्किएको थियो त्यस्तै केही होला । मलाई लाग्यो दोस्रो गोली चल्यो । म पनि भीड तिर भागे र तेस्रो गोली चलेको आफ्नै आखाले देखे ।
नाथुराम गोडसेले एक एक गर्दै तीन गोली हाने गान्धीमाथि । पछि पत्ता लाग्यो कि गान्धीमाथि गोली चलाउनेको नाम नाथुराम थियो । उनले खैरो लुगा लगाएका थिए । उसको कद मेरो जस्तै जस्तै थियो । गोली हानी सके पछि उनले हात जोडेका थिए । मैले सुने अनुसार पहिलो गोली चलाए पछि पनि हात जोडेका थिए ।


गोली हानी सके पछि उनलाई मानिसहरुले समाते । उनले कुनै खालको विरोध गरेनन् बरु रिवल्वर पनि बुझाए । २० जनवरी १९४८ मा बिडला हाउसमा पनि आक्रमण भएको थियो ।
भोली पल्ट अखबारमा छापिए अनुसार लाल पाहवा नामका दोषीले पटाखा पड्काएर आक्रमण गरेर गान्धीलाई घाईते बनाउन चाहेका थिए । त्यस दिन गान्धीले प्रार्थना सभामा जसले त्यो प्रयास गरेको भए पनि मेरो तर्फबाट माफ दिन भनेका थिए ।
गान्धी भन्ने गर्दथे कि कुनै पनि पुलिस प्रार्थना सभामा नहोस्
तर जब ३० जनवरीमा उनीमाथि गोली हानीयो तब केही मानिसहरुले प्रहरीको आलोचना गरे ।
गोडसेलाई पार्लियामेन्ट स्ट्रीटका डिएसपी जसवत सिंह र तुगलक रोड थानाका ईन्सपेक्टर दसौदा सिंहले पक्राउ गरेका थिए । बिडला हाउमा भागदौड मच्चियो । गान्धीलाई बिडला हाउ भित्र लगिदै थियो ।
गोडसेको तुगलक रोड थानामा लगिदै थियो । त्याहाँ गान्धीको हत्याको एफआईआर लेखियो । प्रहरीले गान्धीको हत्याका बारे कनाट प्लेसको एम ५६ म रहने नदलाल मेहेतासगँ सोधपुछ गरेयो ।
मलाई त्यो दिन पनि थाहा छ जब गान्धीको अन्त्येष्टी भयो । ३१ जनवरी साझमा म पनि राजघाट गए । त्यस दिन राजधानीको सडकमा कपाल खौरिएका मुडुला मान्छे धेरै देखिएका थिए । राजधानी र आसपासका ईलाकाबाट हजारौ मानिस मशानघाट पुगेका थिए ।

शब यात्रा बिडला हाउसबाट जनपथ, कनाट प्लेस, आईटिओ हुदै राजघाट पुग्यो । शब बाहनमा पडिंत नेहरु र सरदार पटेल बसेका थिए ।
उसी बाहन पर गान्त्रीका छोरा राम दास र देवदास पनि थिए । उनीहरुले आफ्नो पितालाई दागबत्ती दिएका थिए । गान्धीको अन्त्यष्टीको सम्पूर्ण व्यवस्था भारतीय सेनाका ब्रिटिश कमाण्डर सर राय बचुरले गरीरहेका थिए ।


मलाई गान्धीले रेडियोवाला बाबु भनेर बोलाउदथे । दिनै पिच्छे भेट्दा खेरि उनले जानेका थिए । कभी कभी गान्धी जीले आधा घण्टा भन्दा धेरै बोल्ने गर्दथे । मेरो लागि बडा मुस्किल थियो उनको भाषण एडिट गर्न । मैले यो कुरा उनकी सहयोगी डाक्टर शुसीला नायरलाई भनेँ कि मलाई एडिटिंग गर्न साह्रै गाह्रो हुन्छ ।
शुसीला जी सुन्दा सुन्दै नाराज भईन् । तिम्रो हिम्मत कसरी भयो कि गान्धी जी को कुराको एडिटिगं गर्ने । म यसको आलोचना सरदार पटेलसगँ गर्छु ।
मैले सोचे कि जागिर त जाने नै हो , मैले ठूलो हिम्मत गरेर एक प्रार्थना सभाको ठीक पहिले गान्धीसगँ आफ्नो पीडा सुनाए । गान्धीले मलाई विनम्रता पूर्वक भने जब २८ मिनट रेकर्डिङ भईसक्छ तब औला उठाउ । जब मैले औला उठाउथे तब गान्धीले बस कल बात करेंगे भनेर आफ्नो सवोधन टुंग्याउथे ।

–उनी अल ईन्डियाका पूर्व पत्रकार हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी