काठमाडौ १७ माघ ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउन सहयोग पु¥याउने बताउनु भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
सो अवसरमा जनसंख्य तथा वातावरणमन्त्री जयदेव जोशीले पछिल्लो समयमा विकास भएका प्रविधिलाई अवलम्बन गरी जनजीवन सहज बनाउन सकिने बताउनुभयो । काँग्रेस नेता उदयशमशेर राणाले यस किसिमको इन्फोटेकलाई उपत्यका बाहिर पनि प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।
यही माघ १३ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा आजसम्म दुई लाख ५४ हजार ३८५ जनाले अवलोकन गरिसकेको आयोजकले जनाएका छन् । प्रदर्शनीमा कतिपय कम्पनीले विभिन्न वस्तुमा छुट तथा आकर्षक उपहार समेत घोषणा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline