स्थानीय निकाय निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग प्रधानमन्त्रीको अपिल

स्थानीय निकाय निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग प्रधानमन्त्रीको अपिल

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका साथै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ ।

नेपाल टेलिभिजनको ३२ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनसँगै सिङ्गो मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधनसँगै स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजनामा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । संविधानप्रतिको स्वीकार्यतालाई बढाउन संशोधनको प्रक्रिया अगाडि बढाइएको उहाँको दावी छ ।

उहाँले २०४१ सालमा परियोजनाको रूपमा स्थापित भई २०४२ सालबाट नियमित प्रसारण सुरू गरेको नेपाल टेलिभिजनले अबका दिनमा सरकार र जनताबीचको पुलको रूपमा काम गर्दै जाने विश्वास गर्नुभयो ।

प्रधानमन्त्री दाहालले लोकतन्त्रको मूल्य र मान्यता अनुसार सञ्चारमाध्यमको निष्पक्षता, सम्पादकीय स्वतन्त्रताको राज्यले सधैँ सम्मान गर्दै आएको दावी समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ