व्यवस्थापिका संसदमा आज निर्वाचन कसुर तथा सजाय विधेयक पारित गर्ने तयारी

व्यवस्थापिका संसदमा आज निर्वाचन कसुर तथा सजाय विधेयक पारित गर्ने तयारी

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, माघ १७।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा निर्वाचन कसुर तथा सजाय सम्बन्धि विधेयक पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा राज्य ब्यवस्था समितिको प्रतिवेदन सहितको निर्वाचन कसुर तथा सजाय विधेयक २०७३ माथि छलफल गरी पारित गर्ने तयारी रहेको संसदको सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनु भयो ।

यस्तै आजकै बैठकमा वातावरण संरक्षण समितिको प्रतिवेदन सहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धि पाँचौं संशोधन विधेयकपनि पारित गर्ने तयारी रहेको बताइएको छ ।

त्यसअघि यो विधेयकमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्नेछन् । बैठकमा भाषा आयोग विधेयक पेश हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ