निर्वाचनको लागि सविंधान संसोधन अपरिहार्य : त्रिपाठि

निर्वाचनको लागि सविंधान संसोधन अपरिहार्य : त्रिपाठि

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 23.8K
    SHARES

माघ १६ , परासी । तराई मधेस लोकतान्कि पार्टिका वरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्री हिर्देश त्रिपाठिले संंविधान संसोधन बिध्येक पास नभए मधेसको कुनैपनि जिल्लामा स्थानीय निकायको निर्वाचन हुन नसक्ने दावी गर्नु भएको छ । स्थानीय निकाय निर्वाचनको बहाना बनाएर सरकारले संसोधन विध्येक पर धकेल्न खोजेको उहाँले आरोप समेत लगाउनु भएको छ ।

सहिद दिवसको अवसर पारेर लोकतान्त्रिक शिक्षक युनियन नवलपरासीको आयोजनामा आज जनजागृति उच्च मावि गुठिप्रसौनीमा भएको विद्यार्थि खेलाडिहरुलाई पोशाक बितरण कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बेलाटारी श्रोत केन्द्र अन्तर्गतका ५५ वटा विद्यालयका ६ सय जना विद्यार्थिहरुलाई पोशाक वितरण गरिएको हो ।

गत वर्ष उक्त विद्यालयमा भएको श्रोत केन्द्र्र्र स्तरीय खेलकुद प्रतियोगितामा नेता त्रिपाठिले खेलाडि विद्यार्थिहरुलाई आफुले पोशाक सहयोग गर्ने उदघोष बमोजिम आज उक्त पोशाकहरु बितरण गर्नु भएको हो ।

कार्यक्रममा लोकतान्त्रिक शिक्षक युनियनका कार्य बाहक अध्यक्ष अतुत कुमार लाल , पुर्व अध्यक्ष शशिभुषण पाण्डे , राष्ट्रिय मावि छिबनीका प्रधानाध्यापक मोती प्रसाद चौधरी , भोला प्रसाद कुर्मि लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ