बेलायती सेनालाई गढीमा पराजीत गरेको २ सय ५० औ बिजयी वर्षगाठ बनाईने

बेलायती सेनालाई गढीमा पराजीत गरेको २ सय ५० औ बिजयी वर्षगाठ बनाईने

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

सिन्धली–सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
समृद्ध सिन्धुली अभियानले आयोजना गरेको भेलामा राजनीतिक दल, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला विकास समिति, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । भेलाले इतिहासमा एक पटक आउने २५० औं विजयोत्सवलाई भब्य बनाउन पत्रकार महासंघले सर्बपक्षीय भेला बोलाएर मुल समारोह आयोजक समिति गठन गर्ने निर्णय भएको छ ।
सिन्धुलीगढीमा बीर गोर्खाली सेनाले अंग्रेजी सेनालाई हराएको आगामी बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले त्यस अबसरमा बर्षैभर विबिध कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाउने तयारी स्वरुप सिन्धुलीमाढीमा भेला गरेको हो ।
सिन्धुलीमाढीको भ्याली भ्यु होटलमा भएको भेलाले बिजय हासिल गरेको यथार्थ मिति पत्ता लगाउन पहल गर्ने निर्णय समेत गरेको छ । त्यतिञ्जेलसम्म हरेक कात्तिक २४ गते नै विजयोत्सव मनाइने भएको छ ।
अभियानले आगामी बर्ष २ सय २० जना ब्यवसायिक यात्रीसहितको तीन दिने साइकल यात्रा गर्ने भएको छ ।राइड टु सिन्धुली नाम दिइएको उक्त साइकल यात्राको औपचारिक घोषणा आगामी माघ २८ गते काठमाडौमा गरिने भएको छ ।
भेलामा साइकल यात्रा २०१६ बारे बनेको बृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस अबसरमा साइकल यात्रामा भएको आम्दानी र खर्चको विवरण राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले भेलामा प्रस्तुत गरेका थिए । भेलालेंं बिजयोत्सवका अबसरमा बर्षैभरि विभिन्न कार्यक्रम गर्ने छ ।
त्यसमा कलाकारिता, रंंगकर्म, चलचित्र निर्माण, निर्देशन, चित्रकारिता, फोटो पत्रकारिता, बृत्तचित्र निर्माण, गायन, सङ्गीत सिर्जना, साहित्य लेखनलगायत सिर्जनात्मक क्षेत्रमा सक्रिय स्रष्टा तथा सर्जकहरूसँग अन्तरक्रियासमेत गरिने अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ