काठमाण्डौं माघ १६ । विप्लव माओवादीले भारतीय सेना विमानमा राख्ने सम्झौता खारेजीको माग गर्दे आज राजधानीमा प्रदर्शन गरेको छ ।
माओवादी स्थायी समिति सदस्य सन्तोष बुढाको नेतृत्वमा विरोध र्याली पछि सुन्धारामा कोण सभा गरिएको थियो ।
कोण सभामा माओवादी केन्द्रीय सदस्य मोहन कार्की लगायतकाको उपस्थििति थियो ।
कार्यक्रममा बोल्दै माओवादी नेता सञ्जीवले नेपालको विमानस्थलमा भारतीय सेना राख्ने कुरा गरेर सरकारले भारतको चरम दलाली गरेको भन्दै राष्ट्रियताको सुरक्षाको निम्ति माओवादीले जस्तो सुकै आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
पहिले देखि नै भारतले आफ्नो देशबाट आउने र जाने विमानमा एयरमार्सल राख्न नेपालमाथि दवाव दिदै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline