म्याग्दी, १६ माघ । नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले राजनीतिक व्यवस्थाका विरुद्ध सबैसँग लड्ने समय सकिएको बताउनु भएको छ ।
आज बेनीमा पत्रकारसँग कुरा गर्दै उहाँले अव अवस्थाका विरुद्ध लड्नुपर्ने समय आएको बताउनु भयो । उहाँले आफ्नो पार्टीले संविधान कार्यान्वयनमा सहजकर्ताको भूमिका खेल्ने बताउनुभयो ।
सरकारले संविधान संशोधन, चुनाव घोषणा र दलहरुबीच आपसी विश्वास जित्न पनि नसकिरहेको अहिलेको अवस्थामा नयाँ शक्ति पार्टीले सबै राजनीतिक दलबीच सहमतिका लागि सहजकर्ताको भूमिका खेल्ने देवकोटाले बताउनुभएको छ ।
प्रवक्ता देवकोटाले विगत लामो समयपछि प्राप्त संविधानको कार्यान्वयन हुनुपर्नेमा जोड दिदैं नयाँ शक्तिको चाहना संविधान कार्यान्वयन होस् भन्ने रहेको स्पष्ट पार्नुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म मुलुकले सहज निकास पाउन नसक्ने उहाँले भनाई छ ।