काठमान्डौ माघ १६।
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच आज विहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारीबारे छलफल भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले वैशाख अन्तिमसम्म चुनाव गर्ने तयारी भइरहेको भन्दै कुनै हालतमा पनि चुनाव नरोकिने बताउनु भएको छ । उहाले सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको समेत उल्लेख गर्नु भएको थियो ।
भेटवार्ताका क्रममा प्रमुख आयुक्त यादवले चुनाव सम्वन्धी विधेयकहरु पाउना साथ आयोगले आफ्नो कामलाई त्रीव्र पार्ने बताउनु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline