इतिहासकै ठूलो नेपालको झण्डा आज राजधानीमा प्रदर्शन गरिने

इतिहासकै ठूलो नेपालको झण्डा आज राजधानीमा प्रदर्शन गरिने

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,माघ १६ ।
आज राजधानीको माइतीघर मण्डलामा १० मिटर अग्लो र ८ मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिदै छ ।

सहिद दिवशका अवसरमा आज नेपाली देशभक्त युवा समाजले इतिहास कै नेपालको ठूलोे झण्डा मण्डलामा प्रदर्शनमा राख्न लागेको हो ।

ज्ञात अज्ञात सहिदहरुको सम्झनामा आज दिउसो १ बजे एक कार्यक्रमका बिच माईतिघर मण्डलमा झण्डा प्रदर्शनमा राखिने बताइएको छ ।

उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको समाजका अध्यक्ष नारायण प्रसाद ढुङगनाले जानकारी दिनु भयो ।

यस्तै आज यसै अबसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, माइती नेपालकी अध्यक्ष अनुराधा कोईराला, अनररी चिल्डेन अर्वाड बिजेता इन्दिरा रानामगर,सिएन सुपर हिरो पुष्पा बस्नेत लगायतकालाई सम्मान गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ