लोकतन्त्र र अग्रगमन सहिदका बलिदानको परिणाम : राष्ट्रपति भण्डारी

लोकतन्त्र र अग्रगमन सहिदका बलिदानको परिणाम : राष्ट्रपति भण्डारी

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ, १६ माघ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन सहिदका त्याग तथा बलिदानको परिणाम भएको बताउनु भएको छ ।

सहिद दिवसका अवसरमा आज शुभकामना दिदै राष्ट्रपति भण्डारीले सहिदले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गरेकोले ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले वीर, अमर, त्यागी र भविष्यद्रष्टा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र सहिदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताउनुभएको छ ।

राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवम् मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ