काठमाडौं, माघ १५ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको माग पुरा गर्नका लागि भन्दै सरकारलाई आगामी माघ २३ गतेसम्मको अल्टिमेटम दिएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधन लगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको हो ।
प्रमुख दलहरु संविधान संशोधन भन्दा पनि निर्वाचनमा बढी केन्द्रित भएको भन्दै मोर्चाले संशोधनका लागि अल्टिमेटम दिएको जनाएको छ ।
यस्तै मधेसी मोर्चाले दलहरु आफूहरुका माग पूरा गराउने भन्दा पनि निर्वाचनमा मात्र केन्द्रित भएको भन्दै आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
मोर्चाले माग पूरा नभए फागुन देखि सशक्त आन्दोलन गर्ने जनाएको छ । मोर्चाको आजको बैठकले आफूहरुको सहमति विपरीत स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवदेन दिएकाले स्थानीय तहमा दबाब दिने निर्णय समेत गरेको छ ।