काठमान्डौ, माघ १५ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहानामा निर्वाचनलाई आलटाल गर्न खाजे सत्तापक्षको दुर्गती हुने चेतावनी दिनु भएको छ ।
आज प्रेस चौतारीले चितवनको भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो चेतावनी दिनु भएको हो ।
निर्वाचनलाई थाती राखेर सरकार लम्ब्याउने प्रयास गरिए सरकार र नेकपा माओवादी केन्द्र दुबैको दुर्गती हुने उहाँले बताउनु भयो ।
ओलीले वर्तमान सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको र उसका गतिविधि पनि त्यस्तै देखिन थालेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्न नदिने दोहोर्याउनु भयो । संशोधन विधेयक राष्ट्रहित विपरीत हुदा हुदै पनि सरकारले जवरजस्ती पारित गर्न खोजे एमालेले त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिनु भयो ।