राजनीतिक दल एकापसमा झगडा गरेर बसे प्राप्त उपलब्धी पनि गुम्छ : सिंह

राजनीतिक दल एकापसमा झगडा गरेर बसे प्राप्त उपलब्धी पनि गुम्छ : सिंह

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, माघ १५।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धी रक्षाका लागि सम्पूर्ण राजनीतिक दलहरु एक जुट हुनु पर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस नागार्जुन नगरसमितिले आज गरेको प्रशिक्षण कायक्रममा बोल्दै उहाँले वर्तमान परिवेशमा प्रमुख राजनीतिक शक्तिहरु एकआपसमा झगडा गरेर बसेकाले प्राप्त उपलब्धी पनि गुम्ने खतरा रहेको उल्लेख गर्नु भयो ।

नेता सिंहले राजनीतिक परिवर्तन तथा संविधान कार्यान्वयनका लागि राजनीतिक दल मिल्नुको साटो एक आपसमा आरोप प्रत्यारोप लगाउदै बसेकाले वर्षौंको आन्दोलनबाट प्राप्त उपलब्धी पनि गुम्न सक्ने खतरा रहेको औल्याउनु भएको हो ।

उहाँले ठूलो सानो नभनी सबै शक्ति मिलेर अघि बढ्नुपर्ने र प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । अब सबै चुनावको तयारीमा लाग्नुपर्ने र संविधान संशोधन गरेर संविधान सबैलाई सर्वस्वीकार्य बनाउनुपर्ने नेता सिंहको भनाई थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ