नेपालगन्ज, १५ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बाँकेमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभयो ।
सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उहाँले दलहरुबीच सहमति बनेमा छोटो समयभित्र पनि निर्वाचन हुनसक्ने धारणा राख्नुभयो ।
सभापति देउवाले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पनि पारित हुनसक्ने भन्दै यदि त्यसो नभए प्रक्रियामा राखेर निर्वाचन गराउने बताउनु भयो ।
पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचनमा आप्mनो दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
देउवाले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको जानकारी गराउनु भयो ।