शिुशु निकुञ्जमा शहिदको सम्झना

शिुशु निकुञ्जमा शहिदको सम्झना

  • शनिबार, माघ १५, २०७३
  • माधव अधिकारी

  • 6.5K
    SHARES

काठमाडौँ,१५ माघ । सीतापाइलास्थित शिशु निकुञ्ज उच्च माविका विद्यार्थीले शहिद दिवसको पूर्वसन्ध्यामा शनिबार विविध कार्यक्रम आयोजना गरेका छन ।
विद्यार्थीको संस्था शिशु निकुञ्ज बाल क्लब र स्थानीय नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिको संयुक्त आयोजमा सम्पन्न शहिद दिवस समारोहका सहभागीले देश र जनताका लागि बलिदानी दिने शहिदहरुको योगदानको कदर हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विद्यालयका प्रिन्सिपल प्रकाशमान शाहीले नेपालका प्रमुख राजनैतिक परिवर्तनमा शहिदहरुको भूमिका रहेको चर्चा गरे । “शहिदको सपना साकार पार्न सके त्यो नै उनीहरुप्रति सच्चा श्रद्धाञ्जली हो ।” नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिका सञ्चालक माधव अधिकारीले भने ।
कार्यक्रममा कक्षा ९ का रेश्मा थापामगर,दिलाशा अधिकारी र ऋचा सिंहले शहिदहरुको जीवनीको बारेमा चर्चा गरे । शिशु निकुञ्ज बाल क्लबकी अध्यक्ष सजना तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सदस्य रिता ताजपुरियाले गरेकी थिइन् ।समारोहमा शहिदको तस्वीरमा माल्यार्पण गरिएको थियो ।कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी र विद्यार्थी सहभागी थिए ।
सोही अवसरमा बाल क्लबले प्रकाशन गरेको मासिक भित्तेपत्रिकाको विमोचन विद्यालयका प्रिन्सिपल शाहीले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ