काठमाण्डौ ,१५ माघ ।
सहिद दिवशका अवसरमा १० मिटर अग्लो र ८ मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा माइतीघर मण्डलामा राखिने भएको छ । नेपाली देशभक्त युवा समाजले नेपालको सबैभन्दा ठुलो झण्डा मण्डलामा राख्ने भएको हो ।
काठमाण्डौमा पत्रकार सम्मेलन गरी समाजका अध्यक्ष नारायण प्रसाद ढुङगनाले भोली सहिद दिबशका अबसरमा माइतीघरमा इतिहासकै ठुलो नेपालको झण्डा राख्ने जानकारी दिनुभयो ।
उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको अध्यक्ष ढुङगनाले बताउनु भयो ।
ज्ञात अज्ञात सहिदहरुको सम्झनामा भोली दिउसो १ बजे एक कार्यक्रमका बिच माईतिघर मण्डलमा झण्डा राख्ने उपाअध्यक्ष भोजराज तिमिल्सैनाले बताउनु भयो ।
नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधव प्रसाद घिमिरेको झण्डा राख्ने देशभक्त युवा समाजले जनाएको छ ।
सो अबसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, माइती नेपालकी अध्यक्ष अनुराधा कोईराला, अनररी चिल्डेन अर्वाड बिजेता इन्दिरा रानामगर,सिएन सुपर हिरो पुष्पा बस्नेत लगायतकालाई सम्मान गर्ने सो संस्थाकी केन्द्रिय सह–सचिब रेखा शाहीले जानकारी दिनुभयो ।