काठमाण्डौ ,१५ माघ ।
अनुन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको राजधानीमा जारी प्रथम सम्मेलनमा आज बिभिन्न कार्यपत्र प्रस्तुत तथा त्यसमाथि छलफल हुदै छ ।
राष्ट्रिय सभागृहमा हिजोदेखि सुरु भएको सम्मेलनमा आज बिभिन्न नौ कार्यपत्रमाथि छलफल गरिने महान्यायधिवत्ता कार्यलयका सुचना अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो ।
सम्मेलनमा अपराधमा आएको नयाँ रुप , संगठित अपराध , उच्च प्रबिधिको प्रयोग तथा अन्तराष्ट्रियकरण लगायतका प्रविधि र यसबाट आउने समस्याको निराकरणका बिषयमा तयार भएका कार्यपत्रमाथि छलफल हुने छ ।
साथै सम्मेलनले कार्यपत्र प्रस्तुतिकरण ,टिप्पडि र दुबै पक्षको असमझदारी हटाई अघि बढ्ने बिषयमा थप रणनिति पनि तय गर्ने छ ।
यस्तै अपराध अनुसन्धान र अभियोजनको बिद्यमान अवस्था को समिक्षा गरी सुधारका लागी साझा धारणा विकास गर्ने , सरकारबादी मुद्धाको अनुसन्धानमा सरकारी वकिलको भूमिका र प्रमाणका सम्बन्धमा अनुसन्धान अधिकृतबाट अभियोजनकर्ताले राख्ने अपेक्षा लगायतका बिषयमा छलफल हुने बताईएको छ।
सम्मेलनमा ५ सय ४० जनाको सहभागीता रहेको छ । महान्यायधिवत्ता कार्यलय र प्रहरी प्रधान कार्यलयको संयुक्त आयोजनामा प्रभावकारी अनुसन्धान र अभियोजन, सुदृण फौजदारि न्याय प्रशासनको अवधारण सहित सुरु भएको सम्मेलन भोली सकिनेछ ।