बोनस विधेयक प्रस्ताव बहुमतले पारित, निर्वाचन सम्बिन्धी बिधेयक पेश

बोनस विधेयक प्रस्ताव बहुमतले पारित, निर्वाचन सम्बिन्धी बिधेयक पेश

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १४ माघ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा बोनस पाचौँ संशोधन विद्येयक, २०७३ प्रस्ताव बहुमतले पारित गरेको छ ।
नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको बैठकले संघिय आकस्मिक कोष बिधेयक भने सर्वसम्बतीले स्वीकृत गरेको छ ।
दुबै बिधेयक उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सदनमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बोनस तथा संघिय आकस्मिक कोष बिधेयक पारित गर्नुअघिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभान्स वितरण गर्ने जस्ता विकृति रोक्न सरकारले यस्तो विधेयक ल्याएको बताउनुभयो ।

नाफा कमाउनेले मात्रै बोनस वितरण गर्ने भन्दै उहाले घाटामा हुनेले पनि बोनस वितरण गर्ने गरेकाले त्यस्तो विकृतिलाई रोक्न सरकारी प्रतिष्ठानलाई मात्र केन्द्रित भएर विधेयक ल्याइएको बताउनु भयो ।

विधेयकमाथिको सामान्य छलफलमा सांसद चुडामणि जङ्गली, प्रेम सुवाल, पेम्वा लामाले अर्थमन्त्रीसँग प्रश्न गर्नुभएको थियो ।

आजको बैठकमा राज्य व्यवस्था मसमितीका सभापति दिलबहादुर घर्तिले निर्वाचन कसुर एवम् सजाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गर्नुभएको छ । निर्वाचन सम्बन्धी बिधेयकमाथि अर्को बैठकमा सामान्य छलफल पछि पारित गरिने संसद सचिवालयले जनाएको छ ।

यस्तै संसदको वातारण संरक्षक समितीका सभापति जनकराज चोधरीले राट्रिय निकुञ्ज तथा बन्यजन्ुतु संरक्षण पाँचौ संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७३ पेश गर्नुभयो ।

बैठकको शुन्य समयमा एमाले सांसद तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले ईलामको पशुपति नगरको दशगजा क्षेत्रमा भारतीय पक्षले बनाईरहेको गुम्बाको सम्बन्धमा सभामुखमार्फत सरकारको ध्यानाकर्ष गराउनु भएके छ । उहाँले यसबारे सरकारलेको धारणा माग गर्नुभयो ।

बैठकमा सभामुखले संसद अन्तर्गतका बिषयगत समितीहरुमा सदस्यहरुको हेरफेर पनि गर्नुभएको छ ।

अर्को बैठक आगामि १७ गते सोमबार दिउसो १ बजे पुन बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ