कमल सरगम
काठमाण्डौ
अहिले चलिरहेको ईमेज लोक कलाकारको टप १० मा परेकी अन्जना सारु मगर र नब गायक शेरजंग आले सिर्जनको सालैजो गीत सार्बजनिक भएको छ । एउटा एस्तो सुन्दर बस्ति पाल्पा अनि पाल्पालीको सालैजो,कौरा, झ्याउरे नसुन्ने सायद कमै होला । त्यहि बस्ति जसले धेरै कलाकारहरुको जन्म गरायो । त्यहि पाल्पाको सेरोफेरोमा रहेर जल्पामा पहिलो चोटी सुटिङ्ग गरिएको मौलिक / टिपिकल सालैजो गीत बजारमा आएको छ। बिषेशगरि बिदेसिएका युवाको कहानीलाई लक्षित गरिएको यो सालैजो गीतमा छुट्टीको बेला घरमा आउदा रोधी बसी आफ्नो मायालुसंग विदेशको सुख दुख गीत मार्फत प्रस्तुत गरिएको पाइएको छ । सरल अनि टिपिकल गाउ तिर प्रयोग हुने शब्द समाबेश गरिएको यो गीतमा आफु विदेश जानु भन्दा पहिले चिनो रुमाल दिएको, संगै घास काटेको, रोधी बस्दै जिस्केको कुराहरु सम्झिदै ति मिठा पलहरु कहिल्यै भुल्न नसक्ने कुरा गरिएको छ । एडभेन्चर फिल्म्स को दृस्य निर्माणमा रहेको र आशिष म्युजिक द्वारा म्युजिक नेपालको युट्युब च्यानलमासार्बजनिक गरिएको यस गीतमा स्वर ईमेज लोक कलाकारको अहिले टप १० मा भएकी कर्णप्रिय स्वरकी धनि गायिका अन्जना सारु मगर र नब उदयमान गायक शेरजंग आले सिर्जनको रहेको छ ।जुन गीतको शब्द शेरजंग आले सिर्जनको र संगीतमा खेम राना मगरको रहेको छ । यो सालैजो गीतको भिडियो छायांकन मनोज चौहान मगर, कोरियोग्राफर चर्चित डाइरेक्टर भागीरथा गाहा मगर अनि सम्पादन र निर्देशन चर्चित सम्पादक नबिन घर्ति मगरको गरेका छन । जसमा अभिनय तिर्सना आले मगर र कृष्ण बराल मगरको रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=uFM4hiwgBvQ